बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मतीमा कोरोना संक्रमितको संख्या २१६७, उपत्यकामा मात्रै १४५० जना

बाग्मतीमा कोरोना संक्रमितको संख्या २१६७, उपत्यकामा मात्रै १४५० जना

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार १६७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ४५० जनामा संक्रमण भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार १६७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ४५० जनामा संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंमा १०९, ललितपुरमा २१, चितवनमा १५, भक्तपुरमा आठ, काभ्रेमा पाँच, मकवानपुरमा तीन, धादिङ, सिन्धुली, दोलखा तथा नुवाकोटमा दुई दुई र रामेछापमा एक जना छन्।

अहिलेसम्म प्रदेशमा ६२५ जना कोरोनामुक्त भएका छन् भने एक हजार ५२५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म १७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।

यस्तो छ संक्रमितको जिल्लागत विवरण

काठमाडौं – ११६८

ललितपुर – १७९

भक्तपुर – १०३

रसुवा – १२

नुवाकोट – ६६

धादिङ – १५९

चितवन – १५५

सिन्धुली – ३७

मकवानपुर – १००

रामेछाप – ४८

दोलखा –१८

काभ्रे – ४३

सिन्धुपाल्चोक – ७९

प्रकाशित: Aug 12, 2020| 22:48 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।