बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोलिदेखि सवारी पास नदिन जिल्ला प्रशासनलाई गृहको निर्देशन

भोलिदेखि सवारी पास नदिन जिल्ला प्रशासनलाई गृहको निर्देशन

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि गृह मन्त्रालयले बुधबार साँझ एक पत्र जारी गर्दै जिल्ला प्रशासन कार्यालयबाट दिईँदै आएको सवारी पास बन्द गर्न निर्देशन दिएको हो।

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भन्दै गृहले सवारी पास दिन रोक्न निर्देशन दिएको हो।

निर्देशनमा भनिएको छ, ‘मन्त्रिपरिषद्बाट विभिन्न मितिमा तथा यस मन्त्रालयबाट भएको निर्देशनसमेतको आधारमा हालसम्म त्यहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७ साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

प्रकाशित: Aug 12, 2020| 20:35 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।