बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धेरै मानिसको सम्पर्कमा आउनेले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनू : स्वास्थ्य मन्त्रालय

धेरै मानिसको सम्पर्कमा आउनेले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सपिङ मल, रेस्टुरेन्ट, तथा उद्योग–व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न अनुरोध गरेको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सपिङ मल, रेस्टुरेन्ट, तथा उद्योग–व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न अनुरोध गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै घना बस्ती भएका जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गएकाले भीडभाड हुने तथा धेरै मानिसको सम्पर्कमा आउने त्यस्ता ठाउँका कर्मचारी तथा व्यवसायीलाई कोरोना परीक्षण गराउन भनेको हो।

साथै मन्त्रालयले फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गराएर मात्रै काममा लगाउन अनुरोध गरेको छ।

स्वास्थ्यकर्मीबाट हुनसक्ने संक्रमणबाट जोगाउनको लागि काममा लगाउनु अगाडि पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित: Aug 12, 2020| 18:47 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।