बिहीबार, भदौ ११, २०८३

अवैध मिर्गौला प्रत्यारोपणमा संलग्नसँग धरौटी माग

गैरकानुनी मिर्गौला प्रत्यारोपण गरिएको प्रकरणमा पक्राउ परेका १४ जनासँग अलितपुर जिल्ला अदालतले २० हजारदेखि ४ लाख रुपैयाँसम्म धरौटी मागेको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- गैरकानुनी मिर्गौला प्रत्यारोपण गरिएको प्रकरणमा पक्राउ परेका १४ जनासँग अलितपुर जिल्ला अदालतले २० हजारदेखि ४ लाख रुपैयाँसम्म धरौटी मागेको छ।

बुधबार साँझ थुनछेकको आदेश सुनाउँदै अदालतले मिर्गौल दिने सन्तोष राईसँग २० हजार रुपैयाँ धरौटी मागेको छ।

यसैगरी चितवन मेडिकल कलेजको अङ्ग प्रत्यारोपण समितिका दुई चिकित्सक, कानुनी सल्लाहकार र चितवन जिल्ला प्रशासनका अधिकृतसँग जनहीँ ५०-५० हजार रुपैयाँ धरौटी मागेको छ।

यसैगरी नक्कली भाञ्जा खडा गरेर मिर्गौला लिने काममा संलग्न भएको आरोप लागेका मिर्गौला लिने व्यक्तिकी बहिनी जमुना राजभण्डारी, मध्यस्थकर्ताको भूमिका खेलेका रेश्मा राई र योगेन्द्र थपलियासँग जनहीँ ४–४ लाख रुपैयाँ धरौटी मागिएको छ।

अदालतका अनुसार ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष श्रीगोपाल महर्जन तथा ललितपुर जिल्ला प्रशासनका दुईजना कर्मचारीसँग पनि जनहीँ ५० हजार रुपैयाँ धरौटी मागिएको छ।

प्रहरीले २१ जनालाई प्रतिवादी बनाएकामा ७ जना फरार छन्।

प्रकाशित: Aug 12, 2020| 18:35 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।