बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा कोरोना संक्रमणबाट विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

विराटनगरमा कोरोना संक्रमणबाट विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

विराटनगर– कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा विराटनगरका एक पुरुषको मृत्यु भएको छ।

विराटनगर–३ का ५७ वर्षिय पुरूषको आज बुधबार साँझ मृत्यु भएको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर वस्नेतले बताए।

दम र सुगरका बिरामी उनी कोभिड अस्पतालमा साउन २५ गते भर्ना भएका थिए। अक्सिजन दिएर राखिएका उनको उपचारका क्रममा मृत्यु भएको बस्नेतले बताए।

मृतक नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको खुलेको छ। अस्पतालमा भर्ना हुँदै अक्सिजनको मात्रा ८४ प्रतिशतमात्र रहेकोमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ।

आज नै मोरङको बूढीगंगाका एक पुरुषको मृत्यु भएको थियो ।

 

प्रकाशित: Aug 12, 2020| 17:56 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।