बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहटमा सबैभन्दा धेरै संक्रमित, मनाङ र मुस्ताङमा एकएक जना (सतहत्तरै जिल्लाको विवरणसहित)

रौतहटमा सबैभन्दा धेरै संक्रमित, मनाङ र मुस्ताङमा एकएक जना (सतहत्तरै जिल्लाको विवरणसहित)

रौतहटमा सबैभन्दा बढी एक हजार ६१७ जनामा कोरोना संक्रमण भएको छ भने त्यसपछि कैलालीमा एक हजार २८१ जनामा कोरोना संक्रमण भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ४८४ जनामा थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ।

जिल्लागत रूपमा अहिलेसम्म रौतहटमा सबैभन्दा बढी एक हजार ६१७ जनामा कोरोना संक्रमण भएको छ भने त्यसपछि कैलालीमा एक हजार २८१ जनामा कोरोना संक्रमण भएको छ। पर्सामा एक हजार १८५ जनामा संक्रमण भएको छ।

राजधानी काठमाडौंमा एक हजार १६५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै सबैभन्दा कम मनाङ र मुस्ताङमा एकएक जना संक्रमित भएका छन्।

प्रदेशगत रूपमा प्रदेश १ मा ७७ जना थपिएसँगै संक्रमितको संख्या एक हजार ६६२ पुगेको छ।

यस्तै प्रदेश २ मा पछिल्लो २४ घण्टामा १५६ जना नयाँ थपिएका छन्। योसँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ६ हजार ९१४ पुगेको छ।

बागमती प्रदेशमा आज १७९ जनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बागमतीमा जम्मा संक्रमितको संख्या दुई हजार १६० पुगेको छ।

गण्डकी प्रदेशमा २३ जनामा थप संक्रमण भएसँगै जम्मा संक्रमितको संख्या एक हजार ७४८ पुगको छ भने प्रदेश ५ मा जम्मा संक्रमितको संख्या चार हजार ८६२ पुगेको छ।

प्रदेश ५ मा आज १७ जना संक्रमित थपिएका छन्।

कर्णाली प्रदेशमा आज २५ जनामा संक्रमण भएको छ भने जम्मा संक्रमितको संख्या दुई हजार १२५ पुगेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा आज १५ जना संक्रमित थपिएपछि जम्मा संक्रमितको संख्या चार हजार ९५९ पुगेको छ।

बुधबारसम्म कोरोना संक्रमणबाट १६ हजार ७२८ मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ।

नेपालमा आजसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।

कुन जिल्लामा कति संक्रमित?

प्रदेश १

भोजपुर ८

धनकुटा १७

इलाम ८२

झापा ४१७

खोटाङ १९

मोरङ ६८३

ओखलढुंगा २६

पाँचथर ९

संखुवासभा ६

सोलुखुम्बु ८

सुनसरी २५०

ताप्लेजुङ १६

तेह्रथुम ८

उदयपुर ११३
जम्मा – १६६२

प्रदेश २

सप्तरी ५९३

सिराहा २९३

धनुषा ९४८

महोत्तरी ९९९

सर्लाही ९३८

बारा ३४१

पर्सा ११८५

रौतहट १६१७

जम्मा – ६९१४

बागमती प्रदेश

सिन्धुली ३३

रामेछाप ५०

दोलखा १८

भक्तपुर १०४

धादिङ १६७

काठमाडौं ११६५

काभ्रेपलाञ्चोक ४२

ललितपुर १८०

नुवाकोट ६२

रसुवा १२

सिन्धुपाल्चोक ७५

चितवन १५५

मकवानपुर ९७

जम्मा – २१६०

गण्डकी प्रदेश

बागलुङ २६६

गोरखा १४२

कास्की १९६

लमजुङ ११८

मनाङ १

मुस्ताङ १

म्याग्दी ५१

नवलपुर ३६१

पर्वत १०६

स्याङ्जा ३१३

तनहुँ १९३

जम्मा– १७४८

प्रदेश ५

कपिलवस्तु ८९७

परासी १३०

रुपन्देही ४१८

अर्घाखाँची ३५०

गुल्मी ३७९

पाल्पा ५७१

दाङ ७२१

प्युठान ३७५

रोल्पा ७५

पूर्वी रुकुम १४

बाँके ६६१

बर्दिया २७१

जम्मा – ४८६२

कर्णाली प्रदेश

पश्चिमी रुकुम ४४

सल्यान २८०

डोल्पा ५

हुम्ला ४

जुम्ला ५४

कालिकोट ८१

मुगु १२

सुर्खेत ६२२

दैलेख ९९३

जाजरकोट ३०

जम्मा – २१२५

सुदूरपश्चिम प्रदेश

कैलाली १२८१

अछाम ७३१

डोटी ७९४

बझाङ २९६

बाजुरा ६२२

कञ्चनपुर ५७८

डडेलधुरा ३१२

बैतडी ३००

दार्चुला ४५

जम्मा- ४,९५९

कुल जम्मा – २४,४३२

प्रकाशित: Aug 12, 2020| 17:51 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।