बिहीबार, भदौ ११, २०८३

दुई दिनमा ८ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको हिजो मंगलबार किस्ट अस्पतालमा मृत्यु भएको छ।

धादिङको निलकण्ठ नगरपालिकाका ३२ वर्षीय पुरुषको हिजो नै काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको छ।

त्यसैगरी जनकपुरका ७१ वर्षीय पुरुषको आज काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ।

जनकपुरकै ३८ वर्षीया महिलाको आज पाटन अस्पतालमा मृत्यु भएको छ।

सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि हुनेवित्तिकै राजविराजमै रहेको कोभिड आइसोलेसनमा ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो।

मोरङको बूढीगंगा नगरपालिकाका ५५ वर्षीय पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो मृत्यु भएको छ।

कपिलवस्तुको तौलिहवाका ४२ वर्षीय पुरुषको आज बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ।

त्यसैगरी बाराको कलैयाका ७५ वर्षीय पुरुषको आज किस्ट अस्पतालमा मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।

प्रकाशित: Aug 12, 2020| 16:50 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।