बिहीबार, भदौ ११, २०८३

काठमाडौंसहित चार जिल्लामा ५०० बढी संक्रमित

काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका साथै रौतहट, महोत्तरी र पर्सामा ५०० जना बढी संक्रमित भएको बताएका हुन्।

त्यस्तै बुधबार ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सोलुखुम्बु र संखुवासभा संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट बच्न भीडभाडमा नजान, मास्कको प्रयोग गर्न र व्यक्तिगत दूरी कम्तिमा दुई मिटर राख्न आह्वान गरेको छ।

 

प्रकाशित: Aug 12, 2020| 16:37 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।