बिहीबार, भदौ ११, २०८३

२४ घण्टामा ४८४ जनामा कोरोना पुष्टि, ६४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ४८४ जनामा कोरोना पुष्टि भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४८४ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ।

पछिल्ला दुई दिनयता नेपालमा ठूलो संख्यामा कोरोना संक्रमित थपिएका हुन्। हिजो ६३८ जनामा कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ४८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित हालसम्म नेपाल ४ लाख ७३ हजार १७८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

नेपालमा हाल विभिन्न क्वारेन्टिनमा १४ हजार ८४६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् भने हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ छ।

प्रकाशित: Aug 12, 2020| 16:35 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।