बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेम्डिसिभिर औषधिको क्लिनिकल परीक्षणका लागि स्वास्थ्य सेवा विभागको आह्वान

रेम्डिसिभिर औषधिको क्लिनिकल परीक्षणका लागि स्वास्थ्य सेवा विभागको आह्वान

कोरोनाका बिरामी बढ्दै गएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, कोभिड उपचार निर्देशिका र स्वास्थ्य प्रविधि मूल्यांकन समितिको सिफारिसमा मन्त्रालयले यो औषधिको प्रयोग गर्न प्रक्रियाका लागि अनुमति दिएको हो।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– कोरोना भाइरसका संक्रमितको उपचारका लागि रेम्डिसिभिर औषधिको क्लिनिकल परीक्षणका लागि सहभागी हुन स्वास्थ्य सेवा विभागले अस्पतालहरुलाई आह्वान गरेको छ ।

विभागले सूचना जारी गरी औषधि प्रयोग गर्न इच्छुक अस्पताललाई निवेदन दिन अपिल गरेको छ।

कोरोनाका बिरामी बढ्दै गएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, कोभिड उपचार निर्देशिका र स्वास्थ्य प्रविधि मूल्यांकन समितिको सिफारिसमा मन्त्रालयले यो औषधिको प्रयोग गर्न प्रक्रियाका लागि अनुमति दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २६ गते रेम्डिसिभिर औषधि प्रयोगको लागि अध्ययन गर्ने निर्णय गरेको थियो । रेम्डिसिभिर सम्बन्धित चिकित्सकको सिफारिस तथा प्रत्यक्ष निगरानी र बिरामीको अनुमतिमा प्रयोग गर्न मिल्ने मन्त्रालयले जनाएको छ।

भारतलगायत देशमा यो औषधि गम्भीर किसिमका संक्रमितलाई प्रयोग भइरहेको छ र यसको नतिजा प्रभावकारी देखिएपछि नेपालमा पनि रेम्डिसिभीरको प्रयोग गर्न थालिएको छ ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेम्डिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले कोभिड–१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको थियो ।

प्रकाशित: Aug 12, 2020| 16:10 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।