सुर्खेत- कर्णाली प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्।
सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ।
प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक पुरुषसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ५, ७, १० र १२ मा १–१ जना, वडा नं. ३ र १२ का २–२ जना, वडा ११ मा ३ जना र ४ का ४ जनामा संक्रमण पुष्टि भएको छ।
वीरेन्द्रनगरका संक्रमित १८ जनामध्ये समुदायस्तरका ५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै दैलेख अस्पतालमा पीसीआर परीक्षण गर्दा दैलेखको नारायण नगरपालिका वडा नं. १, ३, ५ र दुल्लु नगरपालिका वडा नं. ३ का १–१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै आजै कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट गरी ३ जना डिस्चार्ज भएका छन्। हालसम्म कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ८९४ जना पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।