बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार बलराम बानियाँको मृत्यु, मकवानपुरमा भेटियो शव

पत्रकार बलराम बानियाँको मृत्यु, मकवानपुरमा भेटियो शव

पत्रकार बलराम बानियाँको मृत्यु भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- पत्रकार बलराम बानियाँको मृत्यु भएको छ।

उनको शव मकवानपुरमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

कान्तिपुर दैनिकमा कार्यरत बानियाँ दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन रहेकाे बताइएकाे छ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए। उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखा परेको प्रहरीले जनाएको छ।

बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो। त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ।

बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए। त्योभन्दा अघि पनि उनी कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए।

 

प्रकाशित: Aug 12, 2020| 14:01 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।