बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'श्रमका लागि विदेश जानुपर्ने बाध्यता छिट्टै अन्त्य हुन्छ'

'श्रमका लागि विदेश जानुपर्ने बाध्यता छिट्टै अन्त्य हुन्छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षभित्र कुनै पनि नेपाली कामका लागि विदेश जान बाध्य नहुने बताएका छन्।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षभित्र कुनै पनि नेपाली कामका लागि विदेश जान बाध्य नहुने बताएका छन्। 

उनले सरकारले विदेशमा रोजगारीका लागि जाने अवस्था अन्त्य गर्ने गरी काम गरिरहेको बताएका हुन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले विभिन्न खाले काम अघि बढाइरहेको भन्दै बाध्यताका लागि विदेशिनुपर्ने अवस्था अन्त्यका लागि आवश्यक काम भइरहेको बताए।

‘देश निर्माण गर्ने शक्ति बाहिर जानु खुसीको कुरा होइन,’ उनले भने, ‘स्वेदशमै रोजगारी र श्रम गर्ने वातावरण बनाउन हामी केन्द्रित छौं।’

युवाले पनि स्वदेशमै मेहनत गर्ने वातावरण बनाउनुपर्ने भन्दै सरकार युवाहरुको साथमा रहेको बताए।

‘अहिले राजनीतिमा पनि ४० प्रतिशत युवा छन्। स्थानीय तह, प्रदेशदेखि संघीय तहमा पनि उनीहरुको सहभागित छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले युवा लक्षित विभिन्न कार्यक्रम पनि अघि बढाइएको छ।’

संघीय तह, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन गरेर बजेट विनियोजन गरिएको प्रधानमन्त्रीको भनाइ छ।
उनले युवाको नै विकासका सहयात्री रहेकाले जसको जुन क्षेत्रमा रुचि छ त्यसलाई पहिचान गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न सकिने बताए।

‘हामीले युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरेका छौं। युवा परिषद् नेपालका माध्यमबाट कार्यक्रम गरिरहेका छौं,’ उनले भने, ‘रोजगारीका अवसर सिर्जना, युवालाई सहयोग र सहायता उपलब्ध गराउने काम भइरहेका छन्।’

प्रधानमन्त्रीले देशैभर युवा लक्षित गरेर विभिन्न कार्यक्रममार्फत ७६ अर्ब रुपैयाँ छुट्ट्याइएको जानकारी दिए। ‘यो नेपालको सन्दर्भमा सानो रकम होइन,’ उनले भने, ‘अब थप योजनाबद्ध रुपमा युवाहरुलाई स्वरोजगारमा लाग्न सक्ने खालका कार्यक्रम ल्याउनुपर्छ।’

उनले युवालाई खेलकुदमा लाग्ने प्रेरणा मिलोस् भनेर पनि युवा तथा खेलकुद मन्त्रालयमार्फत पनि विभिन्न कार्यक्रमहरु अघि बढाइएको बताए।

 

प्रकाशित: Aug 12, 2020| 13:52 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।