बिहीबार, भदौ ११, २०८३

कोरोनाबाट काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु

बुधबार मध्याह्नसम्म कोरोना भाइरसबाट काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- बुधबार मध्याह्नसम्म कोरोना भाइरसबाट काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ।

जेठ १५ गते ललितपुर जिल्लामा कोरोनाबाट पहिलो मृत्यु भएको थियो। त्यसयता साउन २८ सम्ममा २१ जनाको मृत्यु भएको छ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा ललितपुरका ५६ वर्षीय व्यक्तिको जेठ १५ गते मृत्यु भएको थियो। उनी कलेजो सम्बन्धी समस्याबाट पनि ग्रसित थिए।

यस्तै दोस्रो मृत्यु जेठ २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो। दोलखाका ७६ वर्षीय पुरुषमा मस्तिष्क घात भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए। उनको जेठ २१ मा रिपोर्ट पोजेटिभ आएपछि त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो। त्रिविमै उपचारका क्रममा उनको मृत्यु भएकाे हाे।

असार ११ गते ललितपुरको पाटन अस्पतालमा महालक्ष्मीका ५० वर्षीय पुरुष, १४ गते ललितपुरको स्टार हस्पिटलमा रौतहटका ३० वर्षीय पुरुष र असार १७ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा म्याग्दीका ४७ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको थियाे।

त्यस्तै, असार १९ गते काठमाडौं नयाँबानेश्वरका ८५ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी काठमाडौं उपत्यकामा कोरोनाबाट ज्यान गुमाउने छैटौं व्यक्ति हुन्।

यस्तै असार २० गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत रुपन्देही देवदहका ७५ वर्षका वृद्धको मृत्यु भयाे।

असार २५ गते काठमाडौं मेडिकल कलेजमा गोकर्णेश्वर-४ घर भएका एक पुरुषको मृत्यु भएको थियो। उनकाे रिपोर्ट असार २७ गते आएको थियो। असार २६ गते काठमाडौं-१० शंखमुलका ६० वर्षीय पुरुषको मृत्यु भयाे भने पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका उनको रिपोर्ट असार २७ गते आएको थियो।

कोरोनाबाट काठमाडौं उपत्यकामा दशौं मृत्यु भने चिनियाँ महिलाको भएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा साउन ७ गते उनको मृत्यु भएको हो।

यस्तै साउन १२ गते बारा जिल्लाका ६० वर्षीय पुरुषको पनि काठमाडौंमा मृत्यु भएको थियो। साउन १६ गते पर्सा घर भइ ललितपुर बस्ने ६५ वर्षीय एक महिलाको पाटन अस्पतालमा मृत्यु भएको थियो।

उपत्यकामा १३ औं मृत्यु काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भएको थियो। सर्लाहीकी ६५ वर्षीय कोरोना संक्रमित महिलाको साउन २१ गते मृत्यु भएको हो।

त्यस्तै धनुषा जिल्लाकी ७२ वर्षीय महिलाको साउन १७ गते ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भयाे। पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भयाे। 

साउन २३ गते काठमाडौं उपत्यकामा १६औं मृत्यु भएको थियो। सर्लाही जिल्लाको वसन्तपुर घर भएका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। त्यस्तै साउन २४ गते काठमाडौं टोखाकी ४१ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो।

साउन २६ गते काठमाडौं मध्यबानेश्वरका ७६ वर्षीय पुरुष र कीर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको मृत्यु भएको थियाे।

साउन २७ गते राति ललितपुरको पाटन र किष्ट अस्पतालमा थप २ जनाको मृत्यु भयाे। पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको मृत्यु भयाे भने काठमाडौंको टेकु घर भएकी एक महिलाको किष्ट अस्पतालमा मृत्यु भयाे। 

योसँगै काठमाडौं उपत्यकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको छ। यो समाचार तयार पार्दासम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९ छ।

प्रकाशित: Aug 12, 2020| 13:09 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।