बिहीबार, भदौ ११, २०८३

सहायक वन अधिकृतसहित ६ जना घुससहित नियन्त्रणमा

उदयपुरको मैनामैनीस्थित सव डिभिजन वन कार्यालय प्रमुख एवं सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जनालाई प्रहरीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- उदयपुरको मैनामैनीस्थित सव डिभिजन वन कार्यालय प्रमुख एवं सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जनालाई प्रहरीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको अवस्थामा इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनसन्धान आयोगले जनाएको छ।

नियन्त्रणमा लिइएकामा यादवसहित सव डिभिजन वन कार्यालय, लालबजार रामपुरका प्रमुख एवं सहायक वन अधिकृत विनोदकुमार साह, फोरेस्टर रमेश राई, सव डिभिजन वन कार्यालय, मैनामैनीमा कार्यरत फोरेस्टर विशेश्वर चौधरी र वनरक्षकद्वय शैलेन्द्र झा तथा मनोजकुमार राउत छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: Aug 12, 2020| 12:15 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।