बिराटनगर- मोरङका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङ बुढिगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
करिव एक साता अघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका पुरुष लामो समय दमको रोगी रहेको बताइएको छ ।
आइसोलेसनमा भर्ना भएपछि गरिएको कोरोना परिक्षणमा पोजेटिभ देखिएको र उपचारका क्रममा बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताए ।
मृतकको शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको पनि एसपी खड्काले जानकारी दिए ।
योसंगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनको सख्या ६ पुगेको छ ।
यसअघि विराटनगर महानगरपालिकाका ३ र रंगेली र सुनवर्षी नगरपालिकामा ११ जनाको मृत्यु भइसेको छ । प्रतिष्ठानमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या ४ पुगेको छ ।