बिहीबार, भदौ ११, २०८३

डोटी बस दुर्घटनाका मृतकको सनाखत

डोटीको पूर्वीचौकी गाउँपालिका–१, खिरसैन फुलौटमा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको सनाखत भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

धनगढी- डोटीको पूर्वीचौकी गाउँपालिका–१, खिरसैन फुलौटमा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दुर्घटनामा परेर चौरपाटी गाउँपालिका–७, मार्कुका ३४ वर्षीय टीकाराम बिक, अछामको श्रीकोट र नागरिकतामा कैलालीको नारायणपुर–४ ठेगाना रहेका ५५ वर्षीय लक्षिमादेवी बिक, अछामको बान्नीगढ जयगढ–३ का ६० वर्षीय पदमबहादुर साउद छन्।

मृतक टीकाराम बिक बसका सहचालक रहेको र गोदावरी नगरपालिका २ का अन्दाजी २६ वर्षका बस चालक हेमबहादुर खत्री सामान्य घाइते रहेको प्रहरी उपरीक्षक पाण्डेयले जानकारी दिए।

भारतबाट आएकाहरुलाई धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नम्बरको बस बिहान दुर्घटना भएको थियो।

घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल, डोटीमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार घाइते हुनेहरुमा अछामको जनाली बण्डाली–५ का ३० वर्षीय रवि बिक, मंगलसैन–७ का १७ बर्षीय उमेश जनाला, २५ वर्षीय रमेश जनाला, २२ वर्षीय खिमा जनाला, २ वर्षीया श्रृष्टी जनाला, २१ वर्षीय दिनेश शाही, विनायक–८ का २२ वर्षीय पार्वती नचेल, २९ वर्षीय मनोज नचेल, १६ वर्षीय खेमराज मोटल, ५१ वर्षीय रोशन नचेल, ्१८ वर्षीय सुरेश बिक, विनायक–७ की ४० वर्षीया गौरी ढुंगाना, विनायक ६ का १० वर्षीय प्रकाश थापा घाइते भएका छन्।

यस्तै, विनायक–७ का रामबहादुर रावल र वर्ष २१ का धिरेन्द्र नेपाली, विनायक–४ का वर्ष ३१ का दीपेन्द्र शाही, मंगलसैन–७ का वर्ष ३१ का नरु जनाला, मंगलसैन–४ का वर्ष १५ का नमराज बिक, बान्नीगढी–३ का ३२ वर्षका गणेश साउद, वर्ष ३० का रवि बिक, वर्ष १५ का दिनेश शाही, वर्ष १६ का अर्जुन साउद, साँफेबगर–७ का वर्ष २९ की अस्मिता भण्डारी, वर्ष १० का विजय भण्डारी, वर्ष ५ का दुर्गा भण्डारी, वर्ष २३ भरत साउद, मंगलसैन–७ का ४५ वर्षे कल्धरी कामी, २२ वर्षीय गीता कामी र विनायक ३ का २७ वर्षीय हेमन्त साउद घाइते भएका छन्।

घाइते तीन जनाको पहिचान खुल्न सकेको छैन।

प्रकाशित: Aug 12, 2020| 11:18 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।