बिहीबार, भदौ ११, २०८३

रुखबाट लडेर घाइते युवतीको उपचारको क्रममा मृत्यु

कञ्चनपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

धनगढी- कञ्चनपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। घाँस काट्दै गर्दा रुखबाट लडेर घाइते भएकी महाकाली नगरपालिका–१०, बाबाथानकी ३० वर्षीया गन्ना रोकायाको मृत्यु भएको हो।

रुखबाट लडेर घाइते भएकी रोकायाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि रोकायालाई उपचारका लागि धनगढी पठाइएको थियो।

प्रकाशित: Aug 12, 2020| 09:57 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।