बिहीबार, भदौ ११, २०८३

पाटन अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

ललितपुर- ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

साउन १८ गते मेनेन्जाइटिसको समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको मंगलबार राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा बिष्णुप्रसाद शर्माका अनुसार कोरोनाबाट ज्यान गुमाएकी ३८ वर्षिया महिला जनकपुरकी हुन् ।

उनको आइसीयूमा उपचार भइराखेको थियो । योसँगै ललितपुरमा मात्रै ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ ।

मंगलबार राति नै सप्तरीमा एक र बुटवलमा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित: Aug 12, 2020| 09:23 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।