बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमामा अलपत्र परेकालाई बोकेको बस डोटीमा दुर्घटना, तीनको मृत्यु, २९ घाइते

सीमामा अलपत्र परेकालाई बोकेको बस डोटीमा दुर्घटना, तीनको मृत्यु, २९ घाइते

सुदूरपश्चिम प्रदेशको डोटीमा भएको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशको डोटीमा भएको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठका अनुसार दुर्घटनामा तीन जनाको घटना स्थलमै मृत्यु भएका र २९ जना घाइते भएको बताए ।

दुर्घटनामा परेर मृत्यु भएकाहरुको सनाखत भने हुन नसकेको ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले बताए ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने काम भैरहेको बताउँदै प्रहरी उपरीक्षक श्रेष्ठले सात जनाको अवस्था भने गम्भीर रहेको बताए ।

धनगढीको त्रिनगर सीमानाका अलपत्र परेका ३२ जना यात्रु बसमा सवार रहेको भएपनि यात्रुको एकिन संख्या भने हालसम्म थाहा हुन नसकेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

भारतबाट फर्किएकाहरुलाई धनगढीबाट अछाम जादै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१, फुलोटमा आज बिहान दुर्घटना भएको हो ।

बस सडकबाट झण्डै ५० मिटर तल खसेको छ भने दुर्घटनाको कारण भने खुल्न नसकेको श्रेष्ठले बताए ।

प्रकाशित: Aug 12, 2020| 09:08 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।