बिहीबार, भदौ ११, २०८३

कोरोनाबाट कपिलवस्तुका २ पुरुषको बुटवलमा मृत्यु

कोरोना संक्रमणको कारण बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखाना स्थित कोरोना विशेष उपचार केन्द्रमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

भैरहवा- कोरोना संक्रमणको कारण बुटवलमा दुई जनाको मृत्यु भएको छ ।

बुटवल धागो कारखाना स्थित कोरोना विशेष उपचार केन्द्रमा उपचारको क्रममा २ जनाको मृत्यु भएको हो।

कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

सोही दिनबाट नै उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको डा गौतमले बताए।

अर्का कपिलवस्तुकै २५ वर्षिय युवाको पनि मृत्यु भएको छ।

‘हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका उनीमा कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राख्नु परेको थियो, राती स्वास्थ्यमा समस्या आएपछि उनको पनि मृत्यु भएको छ’–बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न डा सुदर्शन थापाले बताए ।

एक जनामा कोरोना पोजिटिभ थियो भने एक जनाको हिजो स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि प्रयोगशाला पठाइएकोमा हाल सम्म रिपोर्ट आएको छैन।

उनीहरुमध्ये एकजना तौलिहवाका हुन् भने अर्का कृष्णनगरका हुन्।

प्रकाशित: Aug 12, 2020| 08:54 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।