बिहीबार, भदौ ११, २०८३

चितवनका १६ सहित थप २१ जनामा कोरोना पुष्टि

चितवनका १६ जनासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

चितवन- चितवनका १६ जनासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणबाट भरतपुरका महानगरका १२ जना, राप्ती नगरपालिकाका ३ जना र इच्छाकामना गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष तथा ५ जना महिला हुन्।

चितवन बाहेक अन्य जिल्लाका ५ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका मध्ये भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुँको क्वारेन्टाइनमा रहेका २ जना रहेका छन् ।

मंगलबार ३ सय १० वटा नमूना परीक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो।

प्रकाशित: Aug 12, 2020| 08:46 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।