बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीमा कोरोनाबाट थप एक जनाको मृत्यु, ज्वरो आएर थलिँदा समेत अस्पतालमा भर्ना पाएनन्

सप्तरीमा कोरोनाबाट थप एक जनाको मृत्यु, ज्वरो आएर थलिँदा समेत अस्पतालमा भर्ना पाएनन्

 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

राजविराज- कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्धाको मृत्यु भएको हो ।

चार दिनअघि ज्वरो आएपछि गरिएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार आएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

ज्वरो आएर थलिदासमेत अस्पतालहरुमा बेड नपाएकै कारण मृत्यु भएको भन्दै उनका आफन्तहरुले आक्रोश ब्यक्त गरेका छन् । अस्पतालहरुमा बेड खाली नभएपछि उनलाई रिपोर्ट नआउदासम्म होम क्वारेन्टिनमा बस्न भनिएको थियो । रिपोर्ट आएपछि बल्ल अस्पताल लैजान खोज्दा बाटोमै मृत्यु भएको हो ।

उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

योसँगै सप्तरीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुषको साउन १९ गते र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धको साउन १ गते कोरोनाकै कारण मृत्यु भएको थियो ।

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।

प्रकाशित: Aug 12, 2020| 07:40 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।