बलिउड अभिनेता सन्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। उनको क्यान्सर तेस्रो चरणमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हाल मुम्बईको एक अस्पतालमा भर्ना भएका सन्जय उपचारका लागि अमेरिका जाने बताइएको छ।
सन्जयले हिजो मंगलबार दिउँसो ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए।
उनले आफ्नो साथमा परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न फ्यानहरुसँग आग्रह गरेका थिए।