सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुत्केरी व्यथा लागेको ४ दिनसम्म उद्धार हुन नसक्दा स्वास्थ्य चौकीमा अलपत्र

सुत्केरी व्यथा लागेको ४ दिनसम्म उद्धार हुन नसक्दा स्वास्थ्य चौकीमा अलपत्र

हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन ।

ताजाकोट –१ काँडागाउँकी २३ वर्षीया विपना खड्कालाई चार दिनअघि घरमै व्यथा लागेका अवस्थामा मैला स्वास्थ्यचौकीमा बोकेर ल्याई राखिएको भए पनि सुत्केरी हुन नसकेपछि उनी छट्पटिएको स्थानीयवासी धर्मराज जैसीले बताए।

वर्षाले बाटोघाटो बन्द भएको र टेलिफोन सेवासमेत राम्रोसँग सञ्चालन नभएपछि जिल्लामा खबर गर्न कठिन भएको जैसीको भनाइ छ । स्वास्थ्यचौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाव र शल्यक्रियाका लागि उपकरण नहुँदा समस्या छ ।

गाउँपालिकाबाट व्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल भइसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए।

पत्र प्राप्त हुनासाथ हवाई उद्धारका लागि गृह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग पहल भएअनुसार हेलिकप्टरको व्यवस्था हुन लागेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी अवस्थामा रहे पनि त्यहाँ पानी परेका कारण उद्धार हुन नसकेको जनाइएको छ ।

 

प्रकाशित: Aug 12, 2020| 06:35 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।