सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मतीमा कोरोना संक्रमितको संख्या १,९९७ पुग्यो, उपत्यकामा मात्रै १,३१२ जना

बाग्मतीमा कोरोना संक्रमितको संख्या १,९९७ पुग्यो, उपत्यकामा मात्रै १,३१२ जना

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९९७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ३१२ जनामा संक्रमण भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९९७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ३१२ जनामा संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा ११०, ललितपुरमा १६, मकवानपुरमा १४, धादिङमा ११, भक्तपुरमा सात, काभ्रेमा पाँच, चितवन तथा नुवाकोटमा तीन/तीन, सिन्धुपाल्चोकमा दुई र दोलखा तथा रामेछापमा एक/एक जना छन्।

अहिलेसम्म प्रदेशमा ६१८ जना कोरोनामुक्त भएका छन् भने एक हजार ३६४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म १५ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।

यस्तो छ संक्रमितको जिल्लागत विवरण

काठमाडौं – १०५९

ललितपुर – १५८

भक्तपुर – ९५

रसुवा – १२

नुवाकोट – ६४

धादिङ – १५७

चितवन – १४०

सिन्धुली – ३५

मकवानपुर – ९७

रामेछाप – ४७

दोलखा –१६

काभ्रे – ३८

सिन्धुपाल्चोक – ७९

प्रकाशित: Aug 11, 2020| 23:29 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।