सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी महिलाको करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी महिलाको करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी युवतीको करेन्ट लागेर मृत्यु भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

धनगढी- कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी युवतीको करेन्ट लागेर मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागेर मृत्यु भएको हो।

नुहाउने क्रममा करेन्ट लागेर घाइते भएकी वडको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार उनी पतिसँगै आज भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन्।

प्रकाशित: Aug 11, 2020| 19:45 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।