सुर्खेत- सुर्खेतमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। विप्लव समूहका जिल्ला कमिटी सदस्यहरु कर्णबहादुुर बिसी र सहवीर महर पक्राउ परेका हुन्।
उनीहरुलाई सोमबार भेरीगंगा नगरपालिका–९, जहरेबाट पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता राजेशनाथ बास्तोलाले जानकारी दिए। दुवै जना जहरेका स्थानीय हुन्।
उनीहरुको साथबाट विभिन्न निर्माण व्यवसायी तथा कन्ट्रक्सनहरुलाई चन्दा रकम माग गरिएको पत्रहरु, रकम असुल गरेका अर्धकट्टी र दस्तावेजहरु बरामद गरिएको प्रहरीले जनाएको छ।