बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्ला न्यायाधीशको नतिजा प्रकाशित, उत्तीर्ण हुने सबै पुरुष

जिल्ला न्यायाधीशको नतिजा प्रकाशित, उत्तीर्ण हुने सबै पुरुष

आयोगले २९ पदका लागि खोलेको विज्ञापनमा २४ जनामात्र उतीर्ण भएका छन्। पाँच जनाको कोटा रिक्त छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– न्याय सेवा आयोगले परीक्षामा उतीर्ण नयाँ जिल्ला न्यायाधीशको नामावली सार्वजनिक गरेको छ। आयोगले लिखित र मौखिक दुवै परीक्षामा उतीर्ण हुने जिल्ला न्यायाधीशहरुको मंगलबार नामावली प्रकाशन गरेको हो।

आयोगले २९ पदका लागि खोलेको विज्ञापनमा २४ जनामात्र उतीर्ण भएका छन्। पाँच जनाको कोटा रिक्त छ।

आयोगले आन्तरिक खुलाका लागि १४, खुला ९, महिला १, आदिवासी जनजाति २, मधेसी २, अपाङ्ग १ र पिछडिएको क्षेत्र १ का लागि विज्ञापन गरेको थियो।

जसमध्ये आन्तरिक खुलामा १४, खुलामा ९, अपाङ्गमा १ जना उतीर्ण भएका छन्। मधेसी, आदिवासी र महिलाको पाँच जनाको कोटामा अब न्याय परिषदले नियुक्त गर्न पाउने छ।

यी हुन् उत्तीर्ण भएका न्यायाधीश

प्रकाशित: Aug 11, 2020| 18:57 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।