सोमबार, मंसिर २९, २०८२

आफैंलाई खोज्दा, केही छोपिएका केही उघारिएका

गुलरियामा लेखकलाई बिदाइ गर्ने उनकी बालसखाको स्मरणले पनि बालसुलभ मनोविज्ञानलाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ। काठमाडौं जान लागेका लेखकलाई उनले भन्छिन्– मेरो कोही छैन। म एक्ली हुन्छु। मलाई रामलाल मन पर्दैन। त्यसले अब झन् दुःख दिन्छ।
 |  शनिबार, साउन १६, २०७८

नवराज राउत

नवराज राउत

शनिबार, साउन १६, २०७८

अर्थशास्त्री तथा गीतकार विश्वम्भर प्याकुर्‍यालको संस्मरण पछिल्लो समय प्रकाशित सामाजिक इतिहास केलाउने एउटा आधार पुस्तक हाे। पुस्तकको प्रारम्भ काभ्रेपलाञ्चोकबाट दस पुस्ताअघि काठमाडौं छिरेका आफ्नो पारिवारिक वृत्त छोडेर बुबा किन बर्दियाको गुलरिया पुगेका होलान् भन्ने प्रश्नबाट सुरु भएको छ।

National life

बर्दियामा जन्मेहुर्केका लेखकले जीवनको उत्तरार्धमा आएर आफ्नो यात्रालाई पुनरवलोकन गर्ने क्रममा के देखे भने आफू जन्मेको बर्दिया त कालापानी सरह रहेछ। नेपालको भूमि भए पनि सामाजिक, आर्थिकलगायतका सबै कामका लागि भारतको भर पर्नुपर्ने। बाटोमा कुनै गडबडी नभए गुलरियाबाट काठमाडौं आउन पूरा तीन दिन लाग्ने त्यो पनि भारतको विभिन्न नाका हुँदै।

त्यस्तो ठाउँमा बस्न पुगेका बुबा कीर्तिनाथ प्याकुर्‍यालले सुसंस्कृत जीवन बिताउन गर्नुपर्ने सबै प्रयास गरेको चित्र उतारेका छन् लखेकले। बुबा इमानदार र लगनशील त थिए नै कला, संगीत र मनोरञ्जनका पनि सौखिन। उनी पहलमानलाई जुटाएर कुस्ती खेलाउँथे। शास्त्रीय संगीतको सौखिन थिए। बिहान चार बजेदेखि उठेर हार्मोनियममा सुर अभ्यास गर्थे।

कीर्तिनाथ बेलाबेला काठमाडौं र भारतबाट संगीतप्रेमी झिकाएर सांगीतिक माहोल बनाउँथे। बेलाबेलामा सीमापारिको बहराइचबाट सांगीतिक टोली झिकाएर घरमा सांगीतिक कार्यक्रम गर्दा सबैलाई ठूलो उत्सवसरह हुन्थ्यो।

लेखकले घरमा प्रत्येक साँझ भजनकीर्तन हुने गरेको र समाचार तथा भजन सुन्नेहरुको घरमा भीड नै लाग्ने गरेको संस्मरण गरेका छन्। त्यो बेलाको सामाजिक माहोलमा लेखकले आफ्नो घर सामुदायिक मिलन केन्द्रसरह भएको अनुभव व्यक्त गरेका छन्। लेखकले आफ्नो जीवनमा आमा रिसाएको कहिल्यै नदेखेको बताएका छन्। तर भविष्य निर्माणका लागि उनलाई काठमाडौं जानुपर्ने भयो। आफ्नो प्यारो बाआमालाई छोडेर जानुपर्दा कसलाई पो विरह नचल्ला र? त्यसमाथि स्कुल पढ्दै गरेको केटो।

Laxmi sunrise bank
kumari

गुलरियामा लेखकलाई बिदाइ गर्ने उनकी बालसखाको स्मरणले पनि बालसुलभ मनोविज्ञानलाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ। काठमाडौं जान लागेका लेखकलाई उनले भन्छिन्– मेरो कोही छैन। म एक्ली हुन्छु। मलाई रामलाल मन पर्दैन। त्यसले अब झन् दुःख दिन्छ।

गुलरियामा लेखकलाई बिदाइ गर्ने उनकी बालसखाको स्मरणले पनि बालसुलभ मनोविज्ञानलाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ। काठमाडौं जान लागेका लेखकलाई उनले भन्छिन्– मेरो कोही छैन। म एक्ली हुन्छु। मलाई रामलाल मन पर्दैन। त्यसले अब झन् दुःख दिन्छ।

झण्डै ६ दशकअघिको घटनाको शब्द तथा वाक्य ठ्याक्कै त्यही थियो थिएन कुन्नि तर लखेकले त्यो भावलाई भने बडो जतनका साथ पक्रन सकेका छन्। यी र यस्ता मार्मिक क्षण संस्मरणमा छरिएर रहेका छन्। काठमाडौं गएपछि उनको त्यो प्रेम पनि टुंगियो।

प्याकुर्‍यालले देखेभोगेका आफ्ना बुबाआमाको प्रसंग पढिरहँदा भारतीय मूलका अमेरिकी लेखक वेद मेहताको ‘ड्याडीजी’ र ‘मामीजी’ को झल्को आउँछ। उनका बालख बेलाका हर्कतहरुले आरके नारायणको मालगुडीका दिनहरुको झल्को दिन्छन्। त्यस्तै पुस्तकमा वर्णित तराईका प्रसंगले ध्रुवचन्द्र गौतमको अनुभवन्यास ‘बाढी’ तथा सनत रेग्मीका आञ्चलिक कथाहरुको स्मरण ताजा बनाउँछ।

ठमेल बसाइ

बर्दियाबाट उतैको रहनसहन, लवज र भेषभूषामा काठमाडौं आएको लेखकमा डर र संकोच स्वाभाविक थियो। आफू त अर्कै पो हुँ कि क्या हो भन्ने सोचले मनमा दह्रो गरी डेरा जमाएको थियो। तराईबाट काठमाडौं आउँदाको ठमेल पनि अहिलेजस्तो थिएन। एकलास र ग्रामीण थियो। उनले लेखेका छन्, काकाको बर्दली भएको चार तलाको घर थियो। साथमा गोठ र बारी पनि। बारीमा काउली र रायोको साग हुन्थे।

सुनसान ठमेलमा डेरा गरेर पढ्न बसेको विद्यार्थीलाई वातावरण सहज थिएन। केशरमहलको दक्षिणतिरको झाडी छिचोलिएपछि भने केही खुला भएको लेखकको अनुभव छ। समय बित्दै जाँदा लेखकको रहनसहन, लबज, खानपिन, पहिरनमा काठमाडौंको प्रभाव बढ्दै गयो। स्कुलमा साथीसंगाती बढ्दै गए। काठमाडौंका जात्रा, पर्वहरुमा मन रमाउन थाल्यो। सात बजे नै सुनसान हुने काठमाडौंको जीवनगीतले उनलाई अपनत्व दिलाउँदै गयो।

जसै उनी जवान हुँदै गए कलेजमा हुने सांस्कृतिक कार्यक्रममा पनि रुचि जाग्दै गयो। अनि साहित्यिक रस पनि बस्दै गयो। कलम पनि चल्न थाल्यो। रेडियो नेपालमा गीति कथा लेख्ने लेखकका रुपमा प्रसिद्धि बढ्दै गयो भने गीत लेखन तथा गायक–कलाकारहरुसँगको संगत पनि बाक्लिँदै गयो।

साथै, राजनीतिक चेतना पनि अंकुराउँदै गयो। पञ्चायती कालमा कलेजहरुमा प्रजातन्त्रवादीहरुको सक्रियता अर्कै रोमाञ्चकता थप्ने ऊर्जा थियो । विभिन्न बहानामा प्रशासनसँग विद्यार्थीको तनावपूर्ण अवस्था बनिरहन्थ्यो। यसै मेसोमा एक पटक उनी समातिए। उनलाई लगाइएको आरोप थियो, भूगोलपार्कमा भाषण गर्दा प्रतिबन्धित शब्दहरुको प्रयोग र बीपी जिन्दावाद भन्ने कार्य । पक्राउपछि उनले सोचे लेखपढमा केन्द्रित हुन्छु, पूर्णकालीन राजनीति गर्दिनँ।

किसुनजीसँग जेलमा दोस्ती

मास्टर्स पढ्न त्रिवि कीर्तिपुरमा भर्ना भए। विद्यार्थी राजनीति त्यो बेलाको दलगत राजनीतिको केन्द्र भन्दा पनि हुन्थ्यो। त्यहाँ उनी कांग्रेसी धारको प्रजातन्त्रका पक्षमा वकालत गर्न थाले। कीर्तिपुरको एउटा कार्यक्रममा उनले गरेको भाषणले उनलाई फेरि जेल पुर्यायो।

त्यहाँ उनी कांग्रेसका युवा नेता ध्यानगोविन्द रञ्जितको संसर्गमा रहे। रञ्जितले उनलाई किसुनजीसँग भेट गराइदिए।किसुनजीलाई एउटा छुट्टै कोठा दिइएको थियो। त्यहाँ सबैको जमघट हुन्थ्यो। साहित्यिक कार्यक्रमदेखिका योजना र अन्य विषयमा छलफल हुन्थ्यो।

किसुनजीसँगको संगतले प्याकुर्‍यालको सोच फराकिलो हुँदै गयो। किसुनजीले चाणक्य नीतिको साम, दाम, दण्ड, भेदको बारेमा पनि सविस्तार बताउँथे। छ महिनमा जेलमा बस्दा भएको किसुनजीसँग लेखकको हिमचिम बाचुञ्जेलसम्म रहिरह्यो।

किसुनजीको स्वास्थ्यका लागि करिब डेढ घण्टा जेल परिसरमा हिँड्ने बेलामा राजनीतिक, आर्थिक, साहित्यिक, सामाजिकलगायतका विषयमा छलफल चल्थ्यो। किसुनजीसँगको संगतले प्याकुर्‍यालको सोच फराकिलो हुँदै गयो। किसुनजीले चाणक्य नीतिको साम, दाम, दण्ड, भेदको बारेमा पनि सविस्तार बताउँथे। छ महिनमा जेलमा बस्दा भएको किसुनजीसँग लेखकको हिमचिम बाचुञ्जेलसम्म रहिरह्यो।

विद्यावारिधिका लागि अमेरिका गएपछि लेखकका संघर्ष अर्को यात्रा सुरु भयो। अमेरिकामा सहायक कुकका रुपमा काम गर्दै विभिन्न खानाको परिकार बनाउन सिक्दै हेड सेफसम्म भए। अमेरिकामा प्राध्यापक, वकिल, व्यापारीहरुका बीच सामाजिक सञ्जाल बनिसकेको थियो। पीएचडी गर्न आएको मान्छे यतै हराउँछु कि भन्ने दुविधा हुँदै गएपछि उनी नेपाल फर्के।

नारायण गोपालसँगको दोस्ती

स्वरसम्राट् नारायण गोपालँग रेडियो नेपालबाट झाँगिएको उनको मित्रता आजीवन कायम रह्यो। नारायण गोपाल जमघट मन पराउँथे। उनका साथीसँगातीको बेग्लाबेग्लै झुण्ड थियो। चेस खेल्ने छुट्टै, तास खेल्ने छुट्टै, पिकनिक जाने छुट्टै।नारायण गोपाललाई फुटबल औधी मन पथ्र्यो। एकपटक अस्पताल भर्ना भएको अवस्थामा पनि सन् १९८६ को विश्वकप फुटबलको फाइनल हेर्न उनी राति भागेर प्याकुर्‍याल बस्ने गरेको प्राध्यापक निवासमा पुगेका रहेछन्। खेल हेरिसकेर भोलिपल्ट गएर फेरि अस्पताल भर्ना भएका रहेछन्।

नारायण गोपाल राम्रो गीत चुनेर, धेरै सोचेर, प्रशस्त समय लगाएर, धेरै प्रयोग गरेर, अरुको संगीतमा पनि गीतले दिने अर्थ अनुसार अवस्था सुहाउँदो बाजाको चयन गरेर मात्र गाउँथे भन्ने निष्कर्ष छ लेखकको। उनले नारायण गोपाललाई त्रिविअन्तर्गतको ललितकला क्याम्पसमा विज्ञका रुपमा आबद्ध गराउन आफूले खेलेको भूमिकाको पनि सविस्तार वर्णन गरेका छन्।


नारायण गोपालको सांगीतिक साँझ नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी आयोजना भएको स्वर्णिम सन्ध्याको ‘रचनागर्भ’ पनि पुस्तकमा सविस्तार वर्णन भएको छ। डायबिटिजले नाराण गोपालको स्वास्थ्य बिग्रँदै थियो। ज्वरो, खोकी र दम पनि बढेको थियो। यसबीच ‘स्वर्णिम सन्ध्या’ आयोजना हुने भयो।

प्रज्ञा भवनबाहिर टिकट खोज्नेहरुको सम्हाल्नै नसकिने भीड र अर्कोतिर टेभिभिजनमा प्रत्यक्ष प्रसारण हेर्नका लागि काठमाडौंका गल्ली सुनसान भएको अवस्था। कार्यक्रम समाप्तिपछि सबैले नारायण गोपाललाई बधाई दिए। पेमला भाउजूको आँखामा उर्लिएको हर्षाश्रुको वर्णन लेखकले गरेका छन्।

असजिलो कूटनीति

अर्थशास्त्रीको सार्वजनिक छवि बनाएका प्याकुर्‍याल जीवनको उत्तरार्धमा कूटनीतिक क्षेत्रमा पनि संलग्न भए। उनी नेपालका लागि श्रीलंकाका राजदूत भए। सरकारको एकपक्षीय निर्णय, परराष्ट्र मन्त्रालयबाट जानकारीहरुको सम्प्रेषण नहुँदाको सास्ती, जिम्मेवारीहीन आचरणलगायतका कारणले उनले वाक्क भएर राजदूत पदबाट राजीनामा दिएको कुरा पुस्तकमा उल्लेख छ।

त्रिवि अर्थशास्त्र विभागमा लामो समय आबद्ध भएका लेखकले देशीविदेशी संस्थाहरुको परामर्शदाताको हिसाबमा पनि लामो समय काम गरे। देशका पत्रकार, साहित्यकार र संगीतकारसँग पनि बाक्लै उठबस भयो उनको। 

स्कुले केटाका रुपमा बर्दियाको गुलरियाबाट काठमाडौं आएर विद्यालय शिक्षक हुँदै, त्रिविविको प्राध्यापक र राजदूतसम्म भएका विश्वम्भर प्याकुर्‍‍यालको जीवन स्मरण एक आम नेपालीको संघर्ष कथा पनि हो। साथै, पुस्तक तत्कालीन समाज बुझ्ने एउटा आधार पनि हो।

प्रकाशित: Jul 31, 2021| 15:56 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।