आइतबार, मंसिर २८, २०८२

एमाले ११औं महाधिवेशन

एमाले केन्द्रीय कमिटीमा विधान संशोधनको निर्णय

 |  आइतबार, मंसिर २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०८२

काठमाडौं- नेकपा एमाले पहिलेकै संरचनामा फर्किएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत उनी पक्षका नेताहरूको विरोधबीच आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर ११ औं महाधिवेशनमा जाने निर्णय गरेको हो।

National life

अध्यक्ष ओली पक्षका पोलिटब्युरो र स्थायी कमिटीका नेताहरूले पुरानै विधानअनुसार अघि बढ्नुपर्ने भन्दै विधान संशोधन प्रस्ताव ल्याएको र पारित गरिएको हो। अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव  पारित भएको हो।

स्थायी कमिटी ४५,पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्सीय रहने निर्णय बैठकले गरेको हो। 

गत भदौमा बसेको एमाले विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाएकोमा अब पुरानै व्यवस्था अनुसार पदाधिकारी र केन्द्रीय कमिटी रहने भएको छ।

प्रकाशित: Dec 14, 2025| 13:20 आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्