बिहीबार, भदौ ११, २०८३

रुकुम घटनाका मृतक परिवारलाई १० लाख

सरकारले रुकुमको चौरजहारी घटनाका मृतकलाई प्रतिपरिवार १० लाख दिने निर्णय गरेको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– सरकारले रुकुमको चौरजहारी घटनाका मृतकलाई प्रतिपरिवार १० लाख दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घटनाका मृतकलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

मंगलबार निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मृतकलाई आर्थिक सहायताका साथै घाइतेको उपचार खर्च बेहोर्ने जानकारी दिए।

चौरजहारीमा जेठ १० गते भएको घटनामा परी जाजरकोटका ६ जना युवाको मृत्यु भएको थियो। घटनामा १२ युवा घाइते भएका थिए।

 

प्रकाशित: Aug 11, 2020| 17:12 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।