बिहीबार, भदौ ११, २०८३

२४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनुषा, काभ्रे र सिन्धुपाल्चोकका छन्।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनुषा, काभ्रे र सिन्धुपाल्चोकका छन्।

धनुषाका ६० वर्षिय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । उनको सोमबार राती मृत्यु भएको हो । त्यस्तै धनुषाकै एक अस्पतालमा काम गर्ने ५० वर्षिय पुरुषको मृत्यु भएको छ । उनको २५ गते मृत्यु भएको हो।

काभ्रेकी ५० वर्षिया एक महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको किष्ट मेडिकल कलेज ललितपुरमा आज मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सिन्धुपाल्चोक बाह्रविसेका ८४ वर्षका पुरुषको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर शिक्षण अस्पताल काठमाडौंमा मृत्यु छ ।

यसरी नेपालमा हालसम्म ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित: Aug 11, 2020| 17:05 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।