काठमाडौं– काठमाडौं सहित चार जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौका साथै पर्सा, रौतहट र महोत्तरीमा ५०० बढी संक्रमित भएको जानकारी दिएका हुन्।
त्यसैगरी, मंगलबार ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। मन्त्रालयका अनुसार डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ, सोलुखुम्बु र संखुवासभामा एउटा पनि सक्रिय संक्रमित छैनन्।