बिहीबार, भदौ ११, २०८३

कोरोनामुक्त हुनेको संख्या १६ हजार ६६४ पुग्यो

नेपालमा मंगलबारसम्म हजार जना कोरोना भाइसर संक्रमणबाट मुक्त भएका छन्।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं- नेपालमा मंगलबारसम्म १६ हजार ६६४ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा उनीहरू उपचारपछि घर फर्किएको जानकारी दिएका हुन्।

उनका अनुसार प्रदेश १ बाट एक हजार ४४ जना, प्रदेश २ तीन हजार ३८५ बाट जना र बागमती प्रदेशबाट ६१८ जना कोरोनामुक्त भएका छन्।

गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या एक हजार ४८७ छ।

यस्तै प्रदेश ५ बाट चार हजार १८९, कर्णालीबाट एक हजार ९०० र सुदूरपश्चिम प्रदेश चार हजार ४० जना कोरोनामुक्त भएका छन्। पछिल्लो चौबीस घण्टामा १७१ जना संक्रमण मुक्त भएको गौतमले बताए।

प्रकाशित: Aug 11, 2020| 16:37 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।