काठमाडौंमा आज मंगलबार ११० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ११० जना, भक्तपुरका ८ र ललितपुरका १६ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ३१३ पुगेको छ।
यीमध्ये काठमाडौंका १ हजार ५९, भक्तपुरका ९६ र ललितपुरका १५८ जना छन्।