काठमाडौं– चौधरी फाउन्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि आठ वटा भेन्टिलेर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको छ।
मंगलबार चौधरी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेको हो।
यसअघि फाउन्डेसनले पहिलो, दोस्रो र तेस्रो चरणमा मुलुकभरका ११९ स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री, एन–९५ मास्कलगायत सामग्री सहयोग गरेको थियो।
त्यस्तै सरकारलाई एक हजार थान पीसीआर एक्स्ट्राक्सन रिएजेन्ट पनि सहयोग गरेको फाउन्डेसनले जनाएको छ।