सोमबार, माघ ५, २०८२

फर्किएको आईपीएलको पहिलो खेलमा चेन्नईको जित

१४० दिनपछि मैदान फर्किएको इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नईले साविक विजेता मुम्मबई इन्डियन्सलाई २० रनले हराएको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– १४० दिनपछि मैदान फर्किएको इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नईले साविक विजेता मुम्मबई इन्डियन्सलाई २० रनले हराएको छ।

National life

दुवई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार राति सम्पन्न खेलमा चेन्नइले जित निकालेको हो।

यो जितसँगै आठ खेलबाट १२ अंक बनाएको चेन्नई शीर्षस्थानमा छ। समान १२ अंक भएको दिल्ली क्यापिटल दोस्रो स्थानमा छ। पराजित मुम्बईको भने ८ अंक छ।

टस जितेर ब्याटिङ राजेको चेन्नईका लागि रितुराज गायक्वडले अविजित ८८ रन बनाए। रविन्द्र जाडेजाले २६ र ड्वेन ब्राभोले २३ रनको योगदान दिए। चेन्नईले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।

मुम्बईका ट्रेन्ट बोल्ट, अडम मिल्न र जसप्रित बुमराहले समान २–२ विकेट लिए।

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङमा मुम्बईका सौरव तिवारीले ५० रन बनाए। क्विन्टन डिकक, अनमोलप्रित सिंह र एडम मिल्नले क्रमशः १७, १६ र १५ रन बनाए। यससँगै उसले पुरा ओभर खेलेर ८ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो।

बलिङतर्फ ड्वेन ब्राभो, दिपक चहर, जोस हज्लेवुड र श्रर्दुल ठाकुरले ३, २, १ र १ रन बनाए।

प्रकाशित: Sep 20, 2021| 08:35 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।