सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ९५१ पुगेको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा एक सय ४६ जनामा भएको परीक्षणमा १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ र वडा नम्बर ७ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका तीन जना, मार्मा गाउँपालिकाका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई जना र बेल्डाँडी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता, डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा दुई सय ५९ जनाकै रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।