बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा ८ जना कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज

कर्णालीमा ८ जना कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज

सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगलाशामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि गरेको हो ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

कर्णाली प्रदेशमा आज मंगलबार आठ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सुर्खेत, रुकुमपश्चिम, सर्लाही र धनुषाका एक एक जना, सल्यान र दैलेखका दुई दुई जना छन् । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ११ जना पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगलाशामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि गरेको हो ।

संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका वडा नं ३, सर्लाहीको चन्द्रनगर नगरपालिका वडा नं ७, धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नं ५ र रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नं ५ का एक÷एक जना छन् ।

त्यस्तै सल्यानको कालिकामाटी गाउँपालिका वडा नं ३ का दुई जना र दैलेखको दुल्लु नगरपालिका वडा नंं २ र चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं ६ का एक एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज नै कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ११ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार आठसय ९१ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित: Aug 11, 2020| 15:22 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।