काठमाडौं– जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार रातिको खेलमा बोरुसिया डर्टमन्डले युनियन बर्लिलविरुद्ध ४–२ गोलको जित निकालेको छ।
डर्टमन्डकै मैदानमा साम्पन्न खेलमा घरेलु टिमको जितका लागि इर्लिङ हाल्यान्डले दोहोरो गोल गरे भने राफेल गुरेइरोले गोल गरेका थिए। त्यस्तै, पाहुना टिम मार्विन फ्रेडरिचले आफ्नै पोस्टमा गोल गरेका थिए।
युनियन बर्लिङनका लागि म्याक्स क्रुस र आन्द्रे वोग्ल्समरले गोल गरेका थिए। यो जितसँगै १२ अंक बनाएको डर्टमन्ड बुन्डेसलिगाको तेस्रो स्थानमा छ। पराजित बर्लिन भने ६ अंकका साथ आठौं स्थानमा छ।