बिहीबार, भदौ ११, २०८३

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघको तोडफोड

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोड गरेको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोड गरेको छ।
आफूले उठाएका माग सम्बोधन गर्न त्रिवि प्रशासनले आनाकानी गरेपछि तोडफोडमा उत्रनुपरेको नेविसंघले जनाएको छ।
वार्तामा बस्नुको सट्टा आफ्ना नेताहरूलाई उच्च अदालत पाटनमा झुठा मुद्दा दायर गरेको आरोप नेविसंघको छ।
ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सिसा फुटेका छन् भने उपकुलपतिको कार्यालयको गाडीमा क्षति पुगेको छ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले विद्यार्थीको ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको र गाडीमा क्षति भएको जानकारी दिए।
तोडफोडमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको तण्डुकारले बताए।
त्रिविले नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलविरुद्ध साउन १६ गते पाटन उच्च अदालतमा मुद्दा दिएको थियो।
यसअघि नेविसंघले उपकुलपति कार्यालयलगायतमा ताला लगाएको थियो।
पाटन उच्च अदालतले ताला खोल्न अनुमति दिएपछि कार्यालय खुलेका थिए।

प्रकाशित: Aug 11, 2020| 13:04 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।