बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा क्वारेन्टिनमा स्वास्थ्य सामग्री वितरण

कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा क्वारेन्टिनमा स्वास्थ्य सामग्री वितरण

कोरोना संक्रमण बढी देखिएका जिल्ला मध्येका बाँके र बर्दियामा टेलिभिजन सो मार्फत पनि कोरोना रोकथाम तथा नियन्त्रणबारे सचेतना कार्यक्रम गरिएको बताइएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका छन्। दुवै संस्था मिलेर तराईका ४ जिल्लाका ८० क्वारेन्टिन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका हुन्।

विशेषगरी भारतबाट आएका नेपालीहरुलाई राखिएका सर्लाही, रौतहट, बाँके र बर्दियाका २० २० वटा क्वारेन्टिनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए।

उनका अनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुध्रिकरण कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो।

कार्यक्रम अन्तर्गत ८० वटा क्वारेन्टिनमा अस्थायी भनिए पनि १० वर्षसम्म टिक्ने ८० वटा शौचालय, ह्यान्ड वाशिङ्ग स्टेशन ९२ वटा, ८० वटा डिसइन्फेकट लिक्विड, क्वारेन्टिन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, १ हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ।

त्यस्तै उक्त कार्यक्रम अन्तर्गत बाँके, बर्दिया, सर्लाही र रौतहटका विभिन्न रेडियो तथा एफएमहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने रेडियो जिंगल प्रचार तथा प्रसार गर्ने काम भएको छ।

कोरोना संक्रमण बढी देखिएका जिल्ला मध्येका बाँके र बर्दियामा टेलिभिजन सो मार्फत पनि कोरोना रोकथाम तथा नियन्त्रणबारे सचेतना कार्यक्रम गरिएको बताइएको छ।

कार्यक्रम च्यारिटी र रिलिफले युकेको स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा गरेका हुन्। तिन वर्षअघि मात्र नेपालमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको कतार च्यारिटीले विभिन्न अप्ठ्यारोमा नेपालमा सहयोग गर्दै आएको छ।

प्रकाशित: Aug 11, 2020| 13:02 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।