बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोंगबु हत्या प्रकरणमा आरोपितको बयान- 'नांंगो तस्बिर सार्वजनिक गरेकाे सहन सकिनँ'

गोंगबु हत्या प्रकरणमा आरोपितको बयान- 'नांंगो तस्बिर सार्वजनिक गरेकाे सहन सकिनँ'

आफ्नो नांगो तस्बिर सार्वजनिक गरेपछि कृष्णबहादुर बोहोराको हत्या गरेको बयान आरोपित महिलाले दिएकी छन्।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– आफ्नो नांगो तस्बिर सार्वजनिक गरेपछि कृष्णबहादुर बोहोराको हत्या गरेको बयान आरोपित महिलाले दिएकी छन्।

चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेलले बोहोराको हत्या गरेको स्वीकार्दै प्रहरीसमक्ष यस्तो बयान दिएकी हुन्।

प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पनालाई सार्वजनिक गरेको छ।

बोहोराले आफ्नो नामको नक्कली फेसबुक आइडी बनाएर नंग्न तस्बिर सार्वजनिक गरेको कल्पनाले प्रहरीसँग बताएकी छन्। त्यही रिसको झोकमा सहन नसकेर बोहोराको हत्या गरेको कल्पनालाई उधृत गर्दै प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसरका एसपी श्याम ज्ञवालीले कल्पनाले आफ्नै कोठामा बोलाएर बोहोरालाई बेहोस पार्ने औषधि खुवाई हत्या गरेको खुलेको जानकारी दिए।

उनले भने, ‘औषधि सेवनबाट बेहोस भएपछि कल्पनाले बोहोराको अण्डकोष काटिदिएको खुलेको छ।’ हत्यापछि चक्कुले खुट्टा र टाउको छिनाले र शव व्यवस्थापन गरेको पाइएको ज्ञवालीले बताए।

प्रहरीका अनुसार घटको खास कारण भने खुलिसकेको छैन। प्रहरीले शव व्यवस्थापनमा कल्पनालाई उनकी १० कक्षामा पढ्ने छोरीले सहयोग गरेको जनाएको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले ‘जो जो’ नामक तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान सफल भएकाले अप्रेसनको नाम नै ‘जो जो’ राखिएको बताए।

याे पनि पढ्नुस् :

बाेहाेरा हत्याकाे कारण 'प्रेम र यौन'

प्रकाशित: Aug 11, 2020| 12:00 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।