बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाले गरेको टिप्पणीप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

जसपाले गरेको टिप्पणीप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले ‘जनता समाजवादी पार्टी नेपाल’ (जसपा) ले गरेको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले ‘जनता समाजवादी पार्टी नेपाल’ (जसपा) ले गरेको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै जसपाले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अशिष्ट, पूर्वाग्रही, अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको थापाले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘पटक–पटक राज्यको जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिÞम्मेवारी सम्हालिसकेका नेता भएको दलबाट यस स्तरको भाषा कुण्ठाग्रस्त, गालीगलोज र सोचको दिवालियापन नै हो’ सचिवालयले भनेको छ।

राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ। त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शन गर्नु उचित नहुने विज्ञप्तिमा जनाइएको छ।

‘राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन्। तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्ध प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गम्भीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरित छन्,’ सचिवालयले विज्ञप्तिमा भनेको छ।

प्रकाशित: Aug 11, 2020| 11:10 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।