बिहीबार, भदौ ११, २०८३

बाेहाेरा हत्याकाे कारण 'प्रेम र यौन'

तीन दिनअघि काठमाडौंको गोंगबुुमा शव भेटिएका पुुरुषको प्रेम र यौनका कारण हत्या भएको खुलेको छ । घटनामा संलग्न भनिका आमाछोरीसँगको बयानका आधारमा प्रहरीले घटना प्रेम र यौनका कारण भएको निष्कर्ष निकालेको हो ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं- तीन दिनअघि काठमाडौंको गोंगबुुमा शव भेटिएका पुुरुषको प्रेम र यौनका कारण हत्या भएको खुलेको छ।

घटनामा संलग्न भनिएका आमाछोरीसँगको बयानका आधारमा प्रहरीले घटना प्रेम र यौनका कारण भएको निष्कर्ष निकालेको हो।

हत्या आरोपित कल्पना मुडभरी पाैडेल र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान चितवनबाट काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योति मार्गमा हत्या गरिएको घरमै लगेर बयान लिएको छ।

हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन। बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको बताएको प्रहरी स्रोतले जनायाे।

स्राेतका अनुसार ती महिलाले आफूमाथि यौनहिंसा भएकाले हत्या गर्न बाध्य भएको बयान दिएकी छन्। उनले ‘आफूमाथि पटकपटक यौनहिंसा भएपछि सुरुमा अण्डकोषमा हानेको र पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँको बताएकी छन्।

काटिसकेपछि शरीर सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टाछुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन्।

गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खालि जग्गाको कुुनामा फेला परेको थियो। कल्पनाका आमाछोरी भने त्यसैदिन दिउँसो चितवन गएका थिए।

हत्यामा संलग्न भनिएका आमा छोरीलाई आज महानगरीय प्रहरी परिसर टेकुले सार्वजनिक गर्दै छ।

महिला र मृतकबीचको सम्बन्ध के थियो ?

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी महिला र मृतकबीच प्रेमसम्बन्ध रहेको पाइएको छ।

पति वैदेशिक रोजगारीमा गएका ती महिला र हत्या गरिएका पुरुषबीच लामो समयदेखि चिनजान थियो। उनीहरु बेलाबेलामा एकअर्काको कोठामा आउजाउसमेत गर्थे ।

उनीहरुबीच यौनसम्बन्धसमेत रहेको प्रहरी स्रोतको जनाएको छ। मृतक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आँखा लगाएपछि’ उनले हत्या योजना बनाएको खुलेको छ। कृष्णलाई बेहोस बनाएपछि उनले धारिलो हतियारले घाँटी रेटेको प्रहरी दाबी छ।

प्रकाशित: Aug 11, 2020| 10:23 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।