बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सा र बारामा थप ७० जनामा कोरोना पुष्टि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित

पर्सा र बारामा थप ७० जनामा कोरोना पुष्टि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित

सुरक्षाकर्मी र स्वाथ्यकर्मीसहित पर्सा र बारा गरि थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

वीरगन्ज- सुरक्षाकर्मी र स्वाथ्यकर्मीसहित पर्सा र बारा गरि थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परिक्षणमा २२ जना महिला र ४८ जना पुरुष गरि ७० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा पर्साका ६५ जना र बाराका ५ जनासहित ७० जना रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार संक्रमित हुनेहरुमा ५ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेका छन्।
संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका १ जना रहेका छन भने बारा निजगढका एक जना शस्त्र प्रहरीमा पनि संक्रमण् पुष्टि भएको छ।

संक्रमित पुष्टि भएकामध्ये नेशनल मेडिकल कलेजका २ जना डाक्टर पनि छन् । नारायणी अस्पतालका कर्मचारी पनि छन् ।

यस्तै अपस्तालको क्वारेन्टिनमा रहेका ३ जना, वीरगन्ज माईस्थानका ३ जना र वीरगन्ज बिर्ताका ८६ वर्षीय वृद्धसहित ९ र छपकैयाका ५ जना रहेका छन् ।

त्यसैगरी संक्रमित हुनेमा धेरै जसो वीरगन्जको आदर्शनगर, रामटोल, मुर्लि, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघरलगायतका क्षेत्रका बासिन्दा रहेका छन् भने पर्साको धोबिनी गाउँपालिका ३ का १ जना र जगरनाथपुर गाउँपालिकाक २ जना रहेका छन् ।

प्रकाशित: Aug 11, 2020| 09:28 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।