बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ८१ पुग्यो

जनकपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ८१ पुग्यो

धनुषाको जनकपुरधाममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

जनकपुर- धनुषाको जनकपुरधाममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

धनुषाको विदेह नगरपालिका ८ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

साउन ८ गते उपचारका लागि अस्पताल पुगेका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा जामुन सिंहले जानकारी दिए। उनका अनुसार मृतक पुरुष कोरोनाका साथै टिबी रोगबाट समेत ग्रसित थिए ।

योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ ।

स्वाथ्य मन्त्रालय सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा ७९ जनाको मृत्यु भएको भनेपनि त्यसपछि हिजो नै ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको थियो । काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

प्रकाशित: Aug 11, 2020| 08:34 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।