सोमबार, असार २२, २०८३

बेञ्जेमाको गोलमा रियलको जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले जित निकालेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले जित निकालेको छ।

भ्यालेन्सियाको मेस्ताला रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले २–१ गोलको जित निकालेको हो।

रियलको जितका लागि भिनिसियर जुनियर र करिम बेञ्जेमाले गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६६औं मिनेटमा गोल गर्दै पाहुना टिमले अग्रता बनाएको थियो।

ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए। तर, त्यो अग्रतालाई २० मिनेटपछि भिनिसियस जुनियरले तोडे। भिनीले बेञ्जेमाको पासमा गाल गरेका थिए।

त्यस्तै, भिनीको पासमा बेञ्जेमाले ८८ औं मिनेटमा रियलका लागि विजयी गोल गरे। यो जितसँगै शीर्षस्थानको रियलले पाँच खेलबाट १३ अंक बनाएको छ। दोस्रो स्थानमा एट्लेटिको मड्रिडको ११ अंक छ भने तेस्रो स्थानमा भ्यालेन्सियाको १० अंक छ।

प्रकाशित: Sep 20, 2021| 08:07 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।