बिहीबार, भदौ ११, २०८३

महामारीको समयमा ५० हजार नेपाली स्वदेश फर्किए

(नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएका हुन् ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् ।

नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को यही साउन २५ गतेको विवरणअनुसार विभिन्न ३० मुलुकबाट भएको उद्धार उडानमार्फत ४८ हजार ८३२ नेपाली स्वदेश फर्किएका छन् । सोमबार थप ८४९ नेपाली स्वदेश फर्किएका छन् ।

विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत धमाधम स्वदेश फर्काएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आवागमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २३९ र दोहाबाट १५१ नेपाल काठमाडौँ ल्याएको छ ।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै फलाइ दुबई १५४ यात्रु नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालयको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

मङ्गलबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी ६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।

प्रकाशित: Aug 11, 2020| 07:02 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।